Logo
Logo

तस्करलाई छाड्ने दाजु, अनुगमन गर्ने भाइ



काठमाडौं । सशस्त्र प्रहरीमा दाईभाई मिलेर शक्तिको दुरुपयोग गरेको पाइएको छ । सशस्त्र प्रहरी महानीरिक्षक कार्यालयमा रहेका डिएसपी सुरेश रेग्मीले अनुगमनको जिम्मा पाएका छन् । उनले देशभरका उजुरीहरुलाई अनुगमन र गर्ने र रिपोर्ट गर्ने काम गर्छन ।

सशस्त्र प्रहरी बलमा रहेका यूनिटहरुले गल्ती गरेमा उनीहरुको बारेमा सिधै रिपोर्ट गर्ने उनको काम हो । तर, रौतहटका सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा फस्टाएको अवस्थामा पनि सचिवालय मौन रहेको छ । त्यहाँ तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने र नेपाल प्रहरीले तस्कर समाउने गरिरहेको बेला त्यहाँ एसपी माधव रेग्मीको विषयमा भने उनी मौन रहेका छन् ।

गत हप्ता मात्रै त्यहाँको इलाका प्रहरी कार्यालय गरुडको टोलीले १२ सय कुखुराका चल्ला नियन्त्रणमा लिएको थियो । भारतबाट रौतहटको बंकुल नाका हुँदै अवैध रुपमा भित्रिएको ती कुखुराका चल्लाहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले छाडेको रिपार्ट हल्चोक मूख्यालयमा पुग्यो । तर त्यसको रिपोर्ट डिएसपी सुदीप रेग्मीले माथिल्लो तहलाई दिएनन ।

त्यस्तै बंकुल नाका भएर अवैध रुपमा ४ ओटा मोटरसाइकल र २ ओटा साइकलमा भित्रिएको सामग्री नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले भारतबाट भित्रिएको १२ बोरा आलु, २ बोरा प्याज, २ बोरा चिनी र २ टिन तेल बरामद गरी भन्सारमा बुझाएको थियो ।

यसैगरी यमुनामाई गाउँपालिका–५ इद्रिस गेटमा सवारी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ५१४४ नम्बरको शान्ति डिलक्स रात्रि बसबाट २१ लख ६४ हजार रुपैयाँ बराबरको कपडा बरामद भएको थियो । भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरु राजधानी काठमाडौँ लैजान लागेको अवस्थामा भेटिएपछि सशस्त्र प्रहरीले बसका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको थियो ।

रौतहटको महादेवपटी, बन्जरहा, औरैया, मठिया, जयनगर, रामपुरखाप, नरकटिया नाका हुँदै खुलेआम तस्करी भइरहेको अवस्थामा पनि सशस्त्र प्रहरी मौन रहँदा त्यहाँका कमाण्डर रेग्मीमाथि प्रश्न उठेको थियो ।

जिल्लाको विभिन्न नाकाबाट तस्करी अनियन्त्रित रुपमा भइरहेको भए पनि तस्करी रोक्न सीमामा खटिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख भने तस्करी नियन्त्रणमा मौन रहेको स्रोतको दावी छ । त्यहाँ डिउटीमा सशस्त्र प्रहरी खटिएको भएता पनि उनीहरु मौन बस्नुले माथिकै आदेशमा मौन बसेको जस्तो देखिएको थियो । उनीहरुको आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको रिपोर्ट प्रहरी मुख्यालयमा पुगेको थियो ।

नेपाल र भारतको सिमानाका सशस्त्र प्रहरीलाई कडाई गर्न मूख्यालयले दिएको निर्दैशनमा समेत रेग्मी दाजुभाईले बद्नाम गरेका हलचोकमा चर्चा चलेको छ । आइजीपी राजु अर्यालले सीमा क्षेत्रमा हुने तस्करी रोक्न मातहत निकायलाई कडा निर्देशन दिएका छन् । तर, मुख्यालयको अनुगमनमा रहेका कमाण्डमा रहेकाहरुको मिलेमतोमा तस्करीलाई बढुवा दिने गरिएको स्रोतको दाबी छ ।

यसअघि टोपबहादुर डाँगीले अनुगमनका नाममा गलत रिपोर्ट बुझाएर आफै बाराको कमाण्ड गर्न गएका थिए । सो टोलीमा रेग्मीपनि सहभागी भएको र सीमा क्षेत्रमा रहेका कमाण्डरसँग मिलेर आइजीपी कार्यालयलाई गलत रिपोर्ट दिने गरेको स्रोतले जनाएको छ । हल्चोक मुख्यालयमा उनलाई छायाँ आइजीपी पनि भनिन्छ । तर, आइजीपीले विश्वास गर्दा उनले विश्वासघात गरेको त्यहाँभित्रका इमानदार कर्मचारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्