Logo
Logo

आइएमई पे र कान्तिपुर सिनेमास्बीच एक्सक्लुसिब पेमेन्ट पार्टनरसिपको सम्झौता


441
Shares

काठमाडौं । आइएमई पेले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिब पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एक मात्र भुक्तानी साझेदारका रूपमा हुनेछ ।

कान्तिपुर सिनेमास् एक ओटिटी प्लेटफर्म हो । जहाँ विभिन्न चलचित्र तथा चलचित्रका शृंखलालाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्