Logo
Logo

यक्रेनको विमान इरानी मिसाइलले खसालिएको अमेरिकी दावी


- दृष्टि न्युज/संवाददाता


तेहरान, २५ पुस (एजेन्सी) । यही बुधबार इरानमा भएको युक्रेन इन्टरनेशनलको विमान दुर्घटना इरानको मिसाइल आक्रमणबाट खसेको अमेरिकाले दाबी गरेको छ ।
युक्रेनी यात्रुबाहक जेट दुर्घटना नभइ मिसाइल आक्रमणमा खसेको भिडियो विश्लेषणमा खुलेको अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’लाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।
इरानले अमेरिकी जासुसी विमान ठानेर मिसाइल प्रहार गरेको समाचारमा दाबी गरिएको छ । विमान खस्नुअघि इरानी मिसाइलले विमानलाई लागेको थियो । उक्त बोइङ–७३७ विमानमा सवार सबै यात्रुको ज्यान गएको थियो ।
न्यूयोर्क टाइम्सकाअनुसार भिडियोमा विमान खस्नुअघि सानो विष्फोट भएको देखिन्छ । भिडियोमा विमान विमानस्थल फर्किनुअघि केही समयसम्म पनि चक्कर लाएर उड्ने प्रयास गरेको छ । उक्त भिडियो एक पत्रकारले खिचेको अलजजिराले जनाएको छ । उनले दुई मिसाइल आकाशमा देखेपछि त्यसको भिडियो लिन थालेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
इरानले भने उक्त विमान आफ्नो मिसाइलका कारण नखसेको जनाएको छ । इरानी राष्ट्रिय टेलिभिजनमार्फत सरकारका प्रवक्ता अली राबेइले अमेरिकाले भ्रामक समाचारमार्फत इरानलाई बदनाम गराउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्