Logo
Logo

युक्रेनी विमान ‘अन्जानवस’ खसालेको इरानद्वारा स्वीकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ पुस (एजेन्सी) । युक्रेनी विमान दुर्घटनामा अमेरिकी शंका सत्य सावित भएको छ । तेहरानको भएको युक्रेनी विमान दुर्घटना इरानी सेनाले आफूहरुले ‘अन्जानबस’ खसालेको स्वीकार गरेको छ ।
यसअघि न्युयोर्क टाइम्सलगायतका अमेरिकी मिडियाले विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।
दुर्घटना भएको चौथो दिन शनिबार आज इरानी सरकारी टीभीले प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’ वक्तव्यमा घटनाको लागि जिम्मेबारमाथि कारबाही गरिने जनाइएको छ । यसअघि इरानले हवाई जहाज प्राविधिक कारणले आफै मिावन दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो ।
तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान टेकअप लिएको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्