Logo
Logo

सशस्त्रको फोन रिसिभ गर्न पत्रचार


38.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले कमाण्ड सम्हालेपछि कर्मचारीको वृत्ति विकासदेखि सीमा सुरक्षा व्यवस्थापनमा समेत राम्रो काम भएका छन् । १७ वर्षदेखि रोकिएको बढुवा पनि केही अपवाद बाहेक विवादरहित भएको छ ।

विपद् व्यवस्थापन र भारततर्फ ६५ र चीनतर्फका तीन नाकामा गरी ६८ वटा सहायता कक्ष स्थापना गरेर सशस्त्र प्रहरीले राम्रो काम गरिरहेका बेला सचिवालयबाट भने असहयोग भएको तथ्य फेला परेको छ ।

सुरक्षा संगठनमा कोही कसैले चेनअफ कमाण्ड उल्लंघन गरेमा उसलाई सम्बन्धित कमाण्डरले बोलाएर कारवाही गरिन्छ । उसलाई दिनुपर्ने चेतावनी दिएर काममा खटाइन्छ । तर यहाँ त सचिवालयको फोन किन नउठाएको भन्दै पत्रचार गरेर सशस्त्र प्रहरी बलको मूल नेतृत्व कमजोर भएको आशय प्रकट गरिएको छ ।

सचिवालयबाट गरिएको फोन उठाउनु पर्यो भन्दै पत्रचार गरिएको छ । केही दिन अघि गुनासो तथा अनुगमन इकाइबाट गएका फोनहरु जवान तथा अधिकृतहरुले रिसिभ नगरेपछि उनीहरुलाई यस्तो अनुरोधसहितको पत्रचार गरिएको हो ।

‘सुरक्षा कमाण्डमा खटिएका प्रहरी अधिकृतहरुलाई कमाण्डरले आदेश दिने हो, निर्देशन पनि कमाण्डरलाई दिने हो । तर सबैलाई पत्रचार गरेर आइजी सचिवालयको तर्फबाट यस्तो निर्देशन दिनु भनेको आइजीपी कार्यालयकै बेइज्जत हो ।

आइजीपीले राम्रो गर्न खोजिरहेका बेला विभिन्न सन्दर्भहरु बनाएर पत्रचार गर्ने कमाण्डरलाई सिधै नभन्ने, चेन अफ कमाण्डलाई कमजोर बनाउने जस्ता काम भएको भन्दै मूख्यालयमा गुनासो सुनिन थालेको छ । ‘अनुगमन तथा गुनासो व्यवस्थापन शाखाले सञ्चालनामा ल्याएका फोन नम्बरहरु सम्पूर्ण सशस्त्र प्रहरी बलका कर्मचारीलाई जानकारी गराई फोन आएको बखत रिसिभ गर्नुपर्नेछ’, भन्ने उल्लेख गरी पत्रचार गरिएको छ ।

यसअघि फोन उठेन भन्ने गुनासो भएपनि यस्ता सामान्य विषयमा पत्रचार नभएको सशस्त्र प्रहरीका कर्मचारीले बताएका छन् । फोन उठेन भने किन उठेन भनेर फर्काउने चलन थियो, तुरुन्तै फर्काएपछि अघिल्लो पटक फोन नउठ्नुको पनि कारण सोधीखोजी हुने थियो ।

जसले गर्दा कार्यक्षेत्रको पनि जानकारी दिन पाइन्थ्यो, अब फोन कतिबेला आउला भनेर कुर्नुपर्ने अवस्था आयो, यहाँ त मुस्कानसहित पत्रचार गरिएको छ’, सशस्त्र प्रहरीका एक कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस्