Logo
Logo

सेनालाई प्रहरीको अधिकार ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । सशस्त्र प्रहरी बललाई पक्राउ पूर्जीको अधिकार दिँदा नेपाल प्रहरी रिसायो । अहिलेसम्म पनि दुई संगठनबीच राम्रो सम्बन्ध छैन । अहिले नेपाली सेनाले समेत प्रहरीले जस्तै छापा हान्न सक्ने कानून बनाउन लागिएको छ । यसले प्रहरी अधिकारीहरुले चासो दिएका छन् ।

सेनाको गुप्तचरलाई बलियो बनाउन भन्दै रक्षा मन्त्रालयले नयाँ कानूनको मस्यौदा बनाउको छ । जून मस्यौदा कानून मन्त्रालय रायका लागि पुगेकोमा कानून मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको छ । सेनामा छुट्टै कानून नै बनाएर गुप्तचर बनाउन आवश्यक नभएको कानून मन्त्रालयका अधिकारीको भनाई छ ।

तर, सैनिक अधिकारीहरु जसरी पनि शक्तिशाली गुप्तचर बनाउने पक्षमा छन् । अहिले पनि सेनामा उपरथीको कमाण्डमा मिलिट्री इन्टेलिजेन्स सक्रिय छ । जस अन्र्तगत ठूलो संख्यामा सैनिकहरु सादा पोशाकमा सूचना संकलनमा खटिने गर्दछन् । सेनाले सूचना संकलनका नाममा छापा हान्न सक्ने सहितको अधिकार माग गरिएको छ ।

एकातर्फ सरकारले नयाँ कानूनले ल्याएर राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउन लागेको छ । यस्तो अवस्थामा सेनामा गुप्तचर विभाग बनाउन छुट्टै कानून बनाउन लागेपछि यस्तो प्रक्रिया विवादमा परेको छ । नेपाल प्रहरी समेत यसप्रति सशंकित बनेको छ । सेनालाई प्रहरी जस्तो बन्ने रहर लागेको प्रहरी अधिकारीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्