Logo
Logo

ठाकुर ज्ञवाली नै भावी महानिरीक्षक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका छन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदामा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । सरकारले प्रहरीमा नयाँ महानिरीक्षकको नाम तय नगर्दा खनाल बिदा बस्न नपाएका हुन् ।

आईजिपीको बढुवामा तसकर, माफिया, बिचौलिया र दलालदेखि खराब पृष्ठभूमि भएका नेता कार्यकर्तासम्म अनेक चलखेलमा लाग्ने गर्दछन् । तर, यसपटकको प्रतिस्पर्धामा त्यस्तो अवस्थ प्रतिस्पर्धा भने देखिएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजिपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो ।

महानिरीक्षक खनालको कार्यकाल अब एक महिना भन्दा कम छ । त्यसकारण भावी आईजिपीका दाबेदारहरु शक्तिकेन्द्र धाउन थालेका छन् । खनालपछिका आईजिपीका दाबेदारहरु ठाकुर ज्ञवाली र तारिणी लम्साल लामो बिदा नै लिएर दौडधुपमा लागेका छन् । ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशका प्रमुख छन् । केही दिनयता दुवै जना बिदा लिएर बालुवाटार, खुमलटार धाउन काठमाडौं आएका छन् ।

आईजिपीको बढुवामा तसकर, माफिया, बिचौलिया र दलालदेखि खराब पृष्ठभूमि भएका नेता कार्यकर्तासम्म अनेक चलखेलमा लाग्ने गर्दछन् । तर, यसपटकको प्रतिस्पर्धामा त्यस्तो अवस्थ प्रतिस्पर्धा भने देखिएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजिपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो । उनी सत्तारुढ दल नेकपासँग राम्रो सम्बन्ध भएका प्रहरी अधिकारी हुन् । लम्साल नेपाली कांग्रेसका नेतासँग निकटता भएका प्रहरी अधिकृत हुन् । दुवै जना ठुलो विवादमा फसेका छैनन् ।

त्यसो त प्रहरी महानिरीक्षक खनाल आफैंले पनि कार्यकाल थप गर्ने प्रयास नगरेका होइनन् । तर, राम्रो प्रतिक्रिया नपाएपछि उनी ब्याक भएका छन् ।

उता, प्रहरीमा रिक्त दर्जनौं पदको बढुवा अन्योलमा परेको छ । डिआईजीसहित सिनियर पदहरु रिक्त छन् । गत साता डिआईजी महेशबिक्रम शाहले अवकाश पाएपछि डिआईजीको एक पद रिक्त भएको छ । जसमा बढुवाका लागि सिनियरदेखि जुनियरसम्म लागेका छन् । सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, दिलीप चौधरीलगायत छन् । जुनियर ब्याचबाट धिरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त कुँवर, वसन्त लामा, रविन्द्र धानुक छन् ।

त्यस्तै राजनीतिक हस्तक्षेपका कारण चितवन एसपीविहिन बन्न पुगेको छ । प्रहरी महानिरीक्षकले सरुवा गरेका गंगा पन्तलाई प्रचण्ड परिवारले अस्वीकार गरेपछि नयाँ एसपीको टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्