Logo
Logo

कार दुर्घटनामा गायक भट्टराईको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । चर्चित गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । ‘पिएर नशा अधरको तिम्रो छैन अझै भरिएको दिल’ जस्ता चर्चित गीतका गायक आफैले चलाएको कार अन्यन्त्रित भइ दु्र्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको थियो । गायक भट्टराई दरबारमार्गमा रहेको ‘वान थाई रेस्टुरेन्ट’मा नियमित गायन प्रस्तुति दिँदै आएका थिए ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा पोलमा ठोकिएर दुर्घटनामा भएको थयो ।
गायक भट्टराईको ‘कामनाले भरिएको’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर.’ उनको अर्को लोकप्रिय गीत हो । उनका ‘पिएर नशा अधरको तिम्रो छैन अझै भरिएको दिल’लगायत ‘हेर धर्ती’ जस्ता दर्जनौँ चर्चित गीत छन् । उनी नयाँ पुस्ता माझ समेत लोकप्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्