Logo
Logo

कार दुर्घटनामा गायक भट्टराईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस ।
कार दुर्घटनामा गायक निशान भट्टराईको निधन भएको छ ।


सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । भट्टराई ४० को दशकमा गायनमा आएका थिए। उनी गजल गायकीका लागि चर्चित थिए।

प्रतिक्रिया दिनुहोस्