Logo
Logo

यही हो आस्थालाई विवादमा ल्याउने भिडियो (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । गायिका आस्था राउतको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन भिडियोबाट उनी विवादित बनेकी छन् । आफ्नो फेसबुक पेजमा गायिका आस्थाले एक भिडियो सेयर गरेकी छन् । जसमा उनले प्रहरीप्रति असन्तुष्ट पाख्दै गालीको शब्द बोलेकी छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् । चेकजाँच गर्ने क्रममा एक प्रहरीले आफूलाई ‘तँ’ शब्द प्रयोग गर्दै आस्थाले प्रहरीप्रति आक्रोस पोखेकी छन् । उनले भिडियोमा आफू हतारमा रहेको बन्दा समेत चेक गर्न खोजेको बताएकी छन् । आस्थाले प्रहरीलाई जथाभावी गाली गरेकी छन् । उक्त भिडियोमा विभिन्न खाले कमेन्टहरु आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्