Logo
Logo

कोरियन मोटर कम्पनी हुन्डाईले उड्ने टेक्सी ल्याउँदै


- दृष्टि न्युज/संवाददाता


सोल, ३ माघ । पछिल्लो समय दक्षिण कोरियाले प्रवधिमा फड्को मार्नेक्रम जारी राखेको छ । यसैक्रममा यहाँको मोटर उत्पादक कम्पनी हुन्डाई र अमेरिकी कम्पनी उबरले संयुक्त रुपमा उड्ने ट्याक्सी विकास गर्ने योजना अगाडि सारेका छन् । समाचारहरुमा जनाइएअनुसार सन् २०२३ सम्ममा उड्ने टेक्सी बजारमा ल्याउने तयारी गरिएको छ । अमेरिकी मोटर कम्पनी उबरले ल्याएको यो महत्वकाँक्षी योजनामा कोरियाली कार कम्पनी हुन्डाइले साथ दिएको बताइएको छ ।
एक पत्रकार सम्मेलनमार्फत एयर ट्याक्सी निर्माण योजना स्न २०२३ सम्ममा विश्व बजारमा ल्याइने तयारी भइरहेको जानकारी गराइएको हो । (युएस–ए१’ मोडेल नामाकरण गरिएको उक्त कार बिद्युतीय चार्जबाट चलाउन सकिने बताइएको छ ।
समाचारमा जनाइएअनुसार उक्त उडान कारका लागि रन–वेको आवश्यकता पर्ने छैन । सिधै आफूले चाहोको स्थानमा ल्याण्ड गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्