Logo
Logo

आलियाले लेखिन्, ‘भेट्नुस्, गंगूबाई काठियावाडीलाई…’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । बलिउड अभिनेत्री आलिया भट्टको बहुप्रतिक्षीत फिल्म ‘गंगूबाई काठियावाडी’को फस्र्टलुक हालै सार्वजनिक भएको छ । उक्त फिल्ममा अभिनेत्री आलिया भट्ट मुम्बईकी गंगूबाईको भूमिकामा देखिँदैछिन् ।
गंगूबाई भारतीय इतिहासमा एक चर्चित पात्र हुन्, जसलाई कम उमेरमै वेश्यावृत्ति गर्न बाध्य पारिएको थियो । तर, पछि गंगूबाईस“ग धेरै कुख्यात अपराधीहरु जोडिएका थिए । फिल्म ‘गंगूबाई काठियावाडी’को फस्र्टलुकमा अभिनेत्री आलियाले आफ्नो ट्विटर एकाउन्टमा शेयर गरेकी छन् । उक्त तस्बिरसँगै उनले क्याप्सनमा लेखेकी छन्, ‘भेट्नुस्, गंगूबाई काठियावाडीलाई…’ । सार्वजनिक दुई पोस्टरमध्ये एकमा आलिया ‘माफिया क्वीन’ गंगूबाई बनेकी छन् ।
बलिउडका चर्चित निर्देशक सञ्जयलीला भन्सालीको निर्देशन रहेको यो फिल्ममा आलिया एकदमै फरकरुपमा देखिन लागेको भारतीय मिडियाले चर्चा गरेको छ । फिल्मको पोस्टर रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा यस खुब चर्चा भइरहेको छ । फिल्मका दुवै पोस्टरमा आलिया अलग देखिएकी छन् । यो फिल्म यही आउँदो ११ सेप्टेम्बरमा रिलिज हुँ“दैछ ।

प्रतिक्रिया दिनुहोस्