Logo
Logo

बसन्तलाई ‘आज भोली कसैले…’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । बसन्त नाछिरिङ राई यतिबेला बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् । तर, नेपाली माटोको मायाले घरीघरी उनलाई घोत्लिन बाध्य बनाउँछ, अनि उनी सिर्जना गर्छन् । जसले उनलाई सर्जक बनाएको छ ।
सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाका बसन्तले प्रवासमा रहेरपनि नेपाली गीतसंगीतको साधनालाई निरन्तरता दिँदै आएछन् । यही निरन्तरतास्वरुप उनका ‘आज भोली कसैले’ बोलको गीत तथा गीतको सार्वजनिक भएको छ ।
बसन्तकै शब्द र संगीत सिर्जना रहेको उक्त गीतको संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् भने समिक्षा अधिकारीको स्वर छ । मिुनु लामा, प्रमिश नाछिरिङ राई र डोल्मा योञ्जन तामाङको अभिनय रहेको उक्त गीतको भिडियोमा छायाँकन र सम्पादन शम्भु धिमाल र प्रमिश नाछिरिङ राईले निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्