Logo
Logo

अमेरिकामा गोलीकाण्ड, चारको मृत्यु


- दृष्टि न्युज/संवाददाता


लस एन्जलस, ४ माघ (एजेन्सी) । अमेरिकामा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ । प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो । सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेको ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले बताए ।
उनका अनुसार घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको छ । आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने यकिन भइनसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्