Logo
Logo

गाउँघरमा लोकप्रिय हुँदै ‘तितो पिरो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । नेपाली कमेडियन सिरियलमा दर्शकसामु राम्रै छाप बनाइरहेको सिरियल हो ‘तितो पिरो’ । डिसहोमको रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको सिरियल दर्शकसामु लोकप्रिय बनिरहेको छ । उक्त सिरियल डिसहोमको रमाइलो टिभीमा हरेक आइतबार बेलुका ८ः३० मा प्रसारण हुँदै आइरहेको छ । ‘तितो पिरो ’ सिरियलले समाजमा घटेका तथा समसायिक विक्रितीलाई व्यंग्य मार्फत हँसाइरहेको छ ।
डिसहोमबाट सिरियल आउने भएकाले गाउघरतिर लोकप्रिय बनेको छ । गाउँघरको परिवेशमा निर्माण गरिएको गाउघरमा लोकप्रिय बन्न सफल भएको सिरियलका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘शहरका दर्शक भन्दा गाउँघर तिरका दर्शकमा सिरियलको प्रभाव देखिन्छ । त्यस कारण गाउकै परिवेशमा सिरियल निमार्ण गरेका हाँै ।’ अर्का कलाकार श्रीदेव आचार्यले भने ‘सिरियलमा आफु पण्डित बाजेको भुमिका निभाइरहेको छु । आफुलाई सुहाउदो र राम्रो निर्देशनका कारण सिरियलमा अभिनय गर्न राजि भएको हो ।’
समसायिक विषयमा निर्माण गरिएको सिरियल ३२ भाग प्रसारणको तयारीमा रहेको छ । उक्त सिरियलमा रामचन्द्र अधिकारी ,लक्ष्मी श्रेष्ठ,श्रीदेव आचार्य, अनिश खतिवडा, लक्ष्मण चौलागाइ (खिन्ते काका ) रोहिनी राउत, धर्म भण्डारी, गंगा थापा, भोला अधिकारी, समिर राई, शान्तिदिप रेग्मी, गोवद्र्धनलगायतको अभिनय रहेको छ । अनमोल कृष्णको कथा तथा पटकथा रहेको सिरियलमा ज्ञानेन्द्र कोइरालाको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्