Logo
Logo

ग्रीसका आप्रवासी शरणार्थीद्वारा ‘राम्रो बासस्थान र खाना’को माग


- दृष्टि न्युज/संवाददाता


एथेन्स, ५ माघ (एएफपी) । ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् ।

व्यवस्थापनको लागि माग गर्दै ग्रीसको सामोस टापुमा रहेका शरणार्थीहरुले माग गरेका समाचार संस्था एएनएले जनाएको छ । ग्रीसमा विशेषगरी अफ्रिकाबाट शरणार्थीका रूपमा युरोप पुगेका नागरिकहरु शिविरमा बस्दै आएका छन् । ती आप्रवासीहरूले आफूहरुलाई खान र बस्नका लागि राम्रो व्यवस्थाको माग गरेका छन् ।
सामोसमा ग्रीस भएर युरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएको बताइएको छ । ग्रीसमा विभिन्न युरोपेली देशका नागरिकहरु टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् । सामोस शिविरमा क्षमताभन्दा बढी शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै आएका छन् । उनीहरुले केही समयअघि त्यहाँको सरकारका विरुद्धमा आन्दोलन पनि गरेका थिए । ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरेर उनीहरुलाई राख्न निर्देशन दिएको थियो ।
तर पनि सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । नगर प्रमुखका अनुसार शरणार्थीले त्यहाँको भूमि ओगटेकाले उक्त क्षेत्र छोड्नुपर्ने जानकारी दिए । शरणार्थीको एक समूहले यहाँ क्षति समेत पु¥याएकोले उनीहरुलाई हटाउनुपर्ने बताएका छन् ।

युरोप छिर्न आप्रवासीहरूले सामोसलगायतका ग्रीसका नाकाहरू प्रयोग गर्ने गरेका छन् । राष्ट्रसंघ शरणार्थी नियोगले ग्रीसको बाटो युरोप आउने शरणार्थी संख्यामा विगत केही वर्षमा कमी आएको भए पनि यस वर्ष समूद्रको बाटो भएर ५५ हजार र टर्की हुँदै जमीनको बाटोबाट १४ हजार शरणार्थी ग्रीस पुगेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्