Logo
Logo

सिन्धुलीमा विषालु सर्पले टोक्दा ६५ वर्षीया वृद्धाको मृत्यु


567
Shares

काठमाडौं । सिन्धुलीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ। दुधौली नगरपालिका(६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

घरमै सर्पले टोकेपछि उनलाई उपचारको लागि बुधबार दुधौलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

ढिलोगरी अस्पताल ल्याएको कारण माझीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्