Logo
Logo

प्रज्ञा प्रतिष्ठान र हिब्रु राइटर्सबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गंगाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्