Logo
Logo

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगाका कार्कीको न्युरोडमा हत्या, २ जना पक्राउ


10.6k
Shares

काठमाडौं । काठमाडौंको न्यूरोडमा जात्रा हेर्न गएका एक किशोरको हत्या भएको छ ।

मखन गल्ली स्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको धारिलो हतियार प्रहार गरि गएराति हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका १७ वर्षीय कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएकोप्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्