Logo
Logo

आजको संसदमा केपी ओलीले सम्बोधन गर्ने


1.1k
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्