Logo
Logo

नेपालगञ्जमा हिंसा भड्किन नदिन राप्रपाको ध्यानाकर्षण


441
Shares

काठमाडौं । राप्रपाका सांसद धवल शमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन तथा घटना तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जुनसुकै हिंसा भए पनि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले आज दिउँसो १ बजेदेखि कर्फ्यू जारी गरेको छ । गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको एक स्टाटसको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्