Logo
Logo

बझाङमा दुई पटक शक्तिशाली भूकम्प  



काठमाडौं । बझाङमा आज (मंगलबार) दिउँसो दुई पटक भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलबार अपराह्न ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

फाइल फोटो

त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । 

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।

त्यसैगरी काठमाडौंमा पनि आज भुकम्पको धक्का महसुस भएको छ । अपराह्न ३ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्