Logo
Logo

बैतडीको डिलासैनी गाउँपालिकाका हाकिम ९ दिनमै सरुवा


अमर खत्री

5.5k
Shares

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाका हाकिम नौं दिनमै सरुवा भएको छ ।

यही असोज ८ गते गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यालयमा हाजिर भएका रंजय पटेलको सरुवा भएको हो । उनी हाजिर भएको नवौँ दिनमा आज (मङ्गलबार) कार्यालयबाट बिदाई भएका छन् । 

 पटेल गाउँपालिकामा हाजिर हुँदा उनलाई पालिका अध्यक्ष सन्तोष जोशी, प्रवक्ता यज्ञ भट्टलगायत केही जनप्रतिनिधि र कर्मचारीहरूले ‘केक’ काटेर भव्य स्वागत गरेका थिए ।

गाउँपालिका अध्यक्ष सन्तोष जोशीले डिलासैनीका मात्र नभइ बैतडीमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको बताए । उनले भने, ‘डिलासैनीका मात्र नभइ बैतडीका अन्य पालिकामा पनि नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको हो । ’

स्रोतका अनुसार पालिकामा कार्यपालिका सदस्यहरूबीच आन्तरिक विवाद हुँदा हाकिमले बस्न नचाहेर सरुवा मागेको बताइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ पालिकामा पटेलसहित नयाँ हाकिमहरूलाई खटाएको थियो । तर, पटले भने हाजिर भएको नवौँ दिनमा पालिकाबाट बिदाई भएर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्