Logo
Logo

केही तत्त्वको निहित स्वार्थमा सद्भाव बिथोल्ने प्रयास भइरहेको छ : ओली


441
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष ओलीले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताउँदै भने, ‘जातीय हिंसाले कसैलाई फाइदा हुँदैन । यो अत्यन्त सवेदशनशील कुरा हो । जातीय र धार्मिक सद्भाव विथोल्नेदेखि सबैजना संवेदनशील हुन आवश्यक छ ।’

उनले कुनैपनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने बताए । अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाईमत चाहिने समेत स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘मुलुक धर्मनिपेक्षतिर गइसकेको छ । फेरि हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाइ बहुमत चाहिन्छ । त्यसै कराएर मात्र हुँदैन ।’ उनले विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम नदिने पनि बताए ।

अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महँगी र मुल्यवृद्धि हुँदासमेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे ।

त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन कुनैपनि हालतमा उपयुक्त नभएको बताए । उनले यसका लागि राजनैतिक दलहरु संवेदनशील हुनुपर्ने बताए । दलहरु मिल्नुको विकल्प नभएकाले मध्यावधिको बाटो जान नहुने बताउँदै उनले यदि निर्वाचन भइहाले एमालेले बहुमत ल्याउनेमा ढुक्क रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्