Logo
Logo

एमाले गण्डकी अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान


378
Shares

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। सोमबारदेखि पोखरामा जारी अधिवेशनअन्तर्गत नेतृत्वका लागि १६५ पदमा ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

२७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने बांकी पदमा पनि सहमतीको प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियाका लागि समय अझै टुंगो लागेको छैन्। यद्यपी बिहान १० बजेदेखि निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन मण्डलले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले आज कुनै पनि हालतमा नेतृत्व चयन प्रक्रिया सकिने दाबी गरेका छन्।

गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको हो।​ उपमहासचिव गुरुङ पक्षबाट अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ र सचिवमा धनञ्जय दवाडीले उम्मेदवारी दिएका छन् । उपसचिवमा दानबहादुर विक र उपसचिव महिलातर्फ मञ्जु अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै अधिकारी पक्षबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्ष बाबुराम विक र सचिवमा रश्मी आचार्य उम्मेदवार बनेका छन्। उपसचिवमा सन्तोष राहुल र महिला उपसचिवमा मीना गुरुङले उम्मेदवारी दिएका छन्। अधिवेशन असोज १५ र १६ गतेका लागि तोकिएकामा नेतृत्व चयनमा सहमति नभएपछि लम्बिएको हो। अधिवेशनमा ९०७ जना प्रतिनिधि छन्।

प्रतिक्रिया दिनुहोस्