Logo
Logo

इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छः परराष्ट्रमन्त्री


693
Shares

काठमाडौं । सरकारले प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने बताएको छ । सूदुरपश्चि विश्वविद्यालयबाट अध्ययनका लागि गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । तर, बाँकी १२ जना भने सम्पर्कमा नरहेको उनले बताए ।

‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,’ उनले भने । इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए ।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

प्रतिक्रिया दिनुहोस्