Logo
Logo

हमास-इजरायल युद्धमा १० नेपालीको मृत्यु



काठमाडौं । प्यालेस्टायनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको भएको छ । तीन जना घाइते भएका छन् ।

अनलाइनखबरले इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाललाई उदृत गर्दै १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको उल्लेख गरेको छ । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्