Logo
Logo

प्रहरी परिसर टेकुमा आस्था, जिल्ला प्रशासनमा उपस्थित गराइँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । प्रहरीको फरार सुचिमा रहेकी गायिका आस्था राउतले प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरेकी छन् । उनी सोमबार बिहानै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् ।
परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउतले आत्समर्पण गरेसँगै थप प्रक्रिया अगाडि बढाइने भएको छ । गायिका राउतका आफन्तलाई पनि टेकु झिाइएको छ ।
केही समयअघि अन्तराष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक)मा डेयुटीमा खटिएकी प्रहरी जवानमाथि दुव्र्यव्यहारको आरोप लागेकी गायिका राउतमाति प्रहरीले प्रकाउ पुर्जी जारी गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध ५ माघमा पक्राउ पुर्जी जारी गरिएको भएपनि उनी कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा थिइन् । त्यसैले उनी काठमाडौं आउनेवित्तिकै प्रहरीलाई जानकारी गराउन परिसर पुगेकी हुन् ।
प्रहरीले गायिका राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउने तयारी गरिएको छ । त्यसपछि मात्र राउमाथि कस्तो कारबाही हुन्छ भन्ने निक्र्यौल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्