Logo
Logo

‘अमर प्रेम’पछि ‘प्रेमको हत्यारा’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । संगीतकारको रुपमा चिनाउँदै आएका नीम संगीतले ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसंग्रह बजारमा ल्याएका छन् । २०६० सालमा ‘अमर प्रेम’ नामक एल्बम ल्याएका संगीतले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ (अमर प्रेम–२) बजारमा ल्याएका हुन् ।
हुन त यस बीचमा पनि विभिन्न सर्जकहरुको एल्बममा एकल संगीत दिएर क्रियाशील रहँदै आएका नीम संगीतले आफ्नै लगानीको एल्बम भने यो दोस्रो बताउँछन् । म त मर्छु क्यारे तिमी धेरै वर्ष बाँच बोलको गीतबाट चर्चा बटुलेका नीम संगीतको यतिखेर बजारमा आएको गीतिएल्बम प्रेमको हत्याराबाट निकै आशावादी रहेका छन् ।
एल्बममा नीम संगीतको एकल संगीत रहेको छ । प्रेमको हत्यारा, मेरो मृत्युको खबर, तारिफ गरुँ कसरी, हर रातको सपनीमा, भूल गरें, म त मर्छु क्यारे, तिम्रो घरमा, हाम्रो माया जस्ता ८ वटा गीतहरु समावेश गरिएका छन् । उक्त गीतहरुमा सेन्चुरी सुरेश घमाल, घनश्याम गौतम, लक्ष्मण पाण्डे, युगज्योति क्रियाशील, भास्कर काजी, नीम संगीत, सनत अन्जान, शरण सेन्चुरीको शब्दरचना रहेको छ । जसमा प्रमोद खरेल, स्वरुपराज आचार्य, गगन सरगम, अन्जु पन्त, शिव परियार, सुधारत्न, सुजन सरगम, रजिना रिमालको स्वर रहेको छ । एल्बमलाई अमरप्रेम म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्