
सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा एक जना महिलाको वितत्स हत्या गरेको अवस्थामा फेला परेको छ । ती महिलाको घाँटी रेटी विभत्स तरिकाले हत्या गरिएको अवस्थामा फे परेको प्रहरीले जनाएको छ ।
मुसीकोट नगरपालिका– १ खलङगामा रहेको होटल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताए ।
प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ । महिलाको घाँटिको भाग आधा भन्दा बढी छिनाईएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन । घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।














