Logo
Logo

गाजा अस्पताल आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा



जेनेभा । इजरायल र प्यालेस्टानी आतंककारी हमास समुहबीचको जारी द्वन्दमा मंगलबार राति गाजास्थित एक अस्पतालकमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।

ूस्तब्ध छु । आज राति, सयौं मानिसहरू मारिए ( भयानक रूपमा ( गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवारहरू पीडित भएका छन् । प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५ सय प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो। ‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ,’ यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले भने ।

‘नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ’, उनले भने । मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलबार दिउँसो आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४ हजार मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ। अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए ।

रकेट आक्रमणमा परि अस्पतालमा उपचाररत रहेका ५ सय जनाको मृत्यु भएको जनाइएको छ । उक्त हमला इजरायलले नगरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । अस्पतालमा प्यालेस्टानी समुहले नै गरेको नेतान्यहुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्