Logo
Logo

जेठयता ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात


441
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन, भदौ र असोज गरी तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको हो। असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ। तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ।

गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको थियो। जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ। तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत निर्यात भएको हो। साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट क्रमशस् आठ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्