Logo
Logo

भिजन लुम्बिनी ऊर्जाले कात्तिक १६ मा आईपीओ जारी गर्दै


441
Shares

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट ४ लाख ८७ हजार ९१० कित्ता सेयर बाँकी रहेको थियो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।आइपीओका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्