Logo
Logo

अलिसँग दिपशिखाको ‘प्रेमलीला’ (ट्रेलरसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ माघ । नेपाली फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म १० फागुनमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेमभित्रको अनेकलिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खानबिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा नायिका खड्कालाई दुई रुपमा देख्न सकिने छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्कोतिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छन् ।
टे«लर रिलिज गरेपछि दिपशिखा खड्काले भनिन्, ‘हरेक कलाकारले एकचोटी फिल्म निर्माण गर्नुपर्छ अनि बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ ।’ पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ ।

फिल्ममा दीपशिखा, अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्