Logo
Logo

भारतमा अर्ध-उच्च गतिको ‘नरेन्द्र मोदी’ रेल सेवा सुरु


819
Shares

एजेन्सी । भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोटो रुपमा ‘नमो’ भन्ने गरिन्छ ।

आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका छन् ।

रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ ।

प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ ।

‘भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ! दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ’, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ।

अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।्

प्रतिक्रिया दिनुहोस्