Logo
Logo

सांसद खातुन भन्छिन्- विकास त गर्दै गरौँला, पहिला मानिस बाँच्नुपर्‍यो


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पुरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन् । ‘सांसदसँग रासस सम्बाद’मा उनले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा सुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयका कोटा–चोटामा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखेकी हुन् ।

खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसकेतापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन् । मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय संख्यात्मक संरचनाले तीव्ररुपमा कानून निर्माणमा चूनौति खडा गरेको बताइन् ।

हिउँदे र बर्खे अधिवेशन सकिदाँसम्म जति कानून निर्माण गर्नुपर्ने हो त्यो नभएकोमा आलोचना भइरहेको बताउँदै उनले जनताका आवाज र कानून निर्माणलाई सवै राजनीतिक दलले साझा एजेण्डा बनाउन पर्ने विचार प्रकट गरिन् । सांसद खातुनले भनिन्, भनिन्, ‘स्वार्थको राजनीतिककारण एक–अर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने,सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आ–आफनो स्वार्थ रहने परिस्थितिले कानून तर्जूमालाई तिव्रता दिन चूनौति खडा भएको छ ।’

उनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुन पर्नेमा सस्तो लोकप्रियताका लागि नियमापती गर्ने, आरोप–प्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएकोे टिप्पणी गरिन् ।

जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउँदै पार्टी केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुवान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र बन्यजन्तुबीचको द्वन्द प्रमुख समस्या रहेको बताइन् ।
उनले भनिन्, ‘विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकै रुपमा छ । पुल आवश्यक छ ।’

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार निवारणका लागि चूनौति खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राखिन् ।

हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसावले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिइन् ।
विचारमा बलियो र निष्ठावान भएपनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिव र जनताको सेवामा समर्पित व्यक्ति अघि बढन नसक्ने अवस्था सिर्जना भएको बताइन् ।

मुलुकको शिक्षा क्षेत्र र उद्योग धन्दा प्रवद्र्धनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउँदै उहाँले देशभित्रै स्वरोजगार मुखी सबै खाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गरिन् ।

तिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्य समेत रहनुभएकी सांसद खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाकारुपमा स्थापित रहेको विश्वास व्यक्त गगरिन् । उनले भनिन्, ‘सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र साँस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, सँस्कृति र चाड पर्वलाई सम्मान गर्दै सवै समुदायको चाड पर्वमा सबै सहभागी हुने शुभ–कामना आदान प्रदान गरी भाइचाराको सम्वन्ध कायम गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्