
काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
काठमाडौंमा जारी शृङ्खलामा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९ ओभरमै समेटेको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका प्रहार गर्दै ६२ रन बनाए भने कप्तान रोहित पौडेल ४७ रनमा आउट भएका थिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ४० रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।














