काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा पोस्ट गर्दै उनी यस्तो निष्कर्षमा पुगेका हुन् ।
उनले आइन्सटाइनको उदाहरण दिँदै भनेका छन्, ‘कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन; त्यो कि अघि बढ्छ कि पछि हट्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’को आवश्यकता महसुस गरेपनि पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका छन् ।

‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन । केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका छौँ ।’
नेता भट्टराईले भनेका छन्, ‘पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस्! पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन् ।’
आइन्सटाइन भन्थे- ‘No problem can ever be solved at the same level of conscoiusness that created it.’
अर्थात् ‘ जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न।’
त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्- ‘No…
— Baburam Bhattarai (@brb1954) October 26, 2023














