Logo
Logo

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा


441
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ललितपुरमा रहेको पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार ललितपुरस्थित पाटन दरबारको अबलोकन गर्नुहुँदै। तस्बिरः किरणराज विष्ट / रासस

महासचिव गुटेरेसले आज आइतवार पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए । साथै उनलाई मेयर महर्जनले ललितपुर दरबार क्षेत्रमा भ्रमण गराएका थिए ।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्