Logo
Logo

चुनावमा दिएको १५ लाख फिर्ता नपाएपछि एमालेका एक नेताले छाडे पार्टी


3.7k
Shares

काठमाडौं । नेकपा एमाले सिरहाका एक नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले सिरहाका जिल्ला कमिटी सदस्य प्रकाश महासेठले आइतबार पत्रकार सम्मेलन गर्दै आफु अन्यायमा परेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

एमाले मिर्चैया नगर कमिटीका इन्चार्ज प्रदीप महासेठले चुनावमा आफूमाथि घात गरेको र चुनावमा खर्च गर्न दिएर बाँकी रहेको १५ लाख रुपैयाँसमेत फिर्ता नदिएको उनको आरोप छ ।

प्रदीप महासेठसँग रहेको आफ्नो १५ लाख रुपैयाँ फिर्ताको लागि पहल गरिदिन पार्टी नेतृत्वलाई पटक पटक अनुरोध गर्दा समेत फिर्ता नभएपछि आफूले एमालेमा नबस्ने निर्णय गरेको उनले बताए । आफूविरुद्ध चुनावमा घात गर्ने र आफ्नो रकमसमेत हिनामिना गरेका नेतालाई पार्टीले काखी च्याप्ने गरेको गुनासो उनको छ ।

पछिल्ला दिनमा आफूलाई पार्टीको बैठकमा समेत बोलाउन छाडेको गुनासो गर्दै उनले यस्तो अवस्थामा पार्टीमा बस्नुको औचित्य नदेखेको बताए । २०७९ को आम निर्वाचनमा महासेठ सिरहा क्षेत्र नम्वर ४ (क) बाट नेकपा एमालेको उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्