Logo
Logo

बलात्कार आरोपमा एक युवक पक्राउ



बैतडी । बलात्कार आरोपमा पञ्चेश्वर गाउँपालिका–४ लडागाउँका एक युवक पक्राउ परेका छन् । गत असार २७ गते राति र भदौ २३ गते राति एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ती १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । 

पीडित किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्