Logo
Logo

अस्पतालको शौचालयबाट भागेका थुनुवा पक्राउ



काठमाडौं । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शौचालयबाट भागेका थुनुवा पक्राउ परेका छन् । मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का १९ वर्षीय विवेक नेपाली सोमबार बिहान अस्पतालको शौचालयबाट भागेका थिए ।

उनलाई प्रहरीले क्षयरोग लागेको आशंकामा बिहान साढे ९ बजे प्रतिस्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगेको थियो । सो क्रममा शौचालय जाने भनेपछि प्रहरीले उनको हतकडी खोलेको थियो । पछि प्रहरीलाई छलेर भागेका थिए ।

उनी घोराही–१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्