Logo
Logo

बारामा गोली चल्यो, एक जना घाइते



बारा । बाराको कलैयामा एक निजी विद्यालयको प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरेकाे बारा प्रहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार उनको बोर्डिङ स्कुल नजिकै अज्ञाथ समुहले चलाएको गोली लागेर स्वर्णकार गम्भिर घाइते भएका छन् । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया-६ का बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्