Logo
Logo

जसपाको बागमती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम आज


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बागमती प्रदेशस्तरीय प्रशिक्षण गर्न लागेको छ । आज बागमती प्रदेश समितिले सुकेधारास्थित एसआर क्याटरिङमा एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

१२ बजेदेखि सञ्चालन हुने कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, सघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गठन, पुनर्गठन भएका संगठन र समितिका प्रतिनिधि सहभागी हुने छन् । जसपाले केही प्रदेशमा यस अघि नै प्रशिक्षण कार्यक्रम गरीसकेको छ भने मधेस प्रदेश समितिले कार्तिक २० गतेदेखि ३ दिने प्रशिक्षक प्रशिक्षण शिबिर सञ्चालन गर्न लागेको छ ।

जसपाले सञ्चालन गरेको तिन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत प्रशिक्षण, संगठन गठन, पुनर्गठन तथा सदस्यता बितरणको कार्य समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्