Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा



कलैया । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नं ४, बरियारपुर रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतिप्रकाश पाण्डेले संयुक्तरुपमा नयाँ शाखाकोे उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेलीलगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए ।

बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने जानकारी दिए । हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्