Logo
Logo

मलाइका–अर्जुनको ‘ओपन सेक्रेट’ अफेयर्स


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । बलिउड अभिनेत्री तथा डान्सर मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको अफेयर दुनियाँलाई थाहा छ । तर, उनीहरुले त्यो स्वीकारेका छैनन् । यी ‘ओपन सेक्रेट’ जोडीको अफेयरको चर्चा भने चुलिँदै गएको छ ।
मलाइका र अर्जुन पछिल्लो समय साँचो प्रेम गर्छन् । तैपनि आफ्नो रिलेशनशिपलाई अहिलेसम्म नकार्दै आएका छन् । तर, अभिनेत्री मलाइकाको पछिल्लो इन्स्टाग्राम पोस्टले भन्छ कि, ‘उनीहरु विवाह गर्ने तयारीमा छन् ।’ मलाइकाले त्यही इसारा गरेकी छन् ।
केही दिनअघि मलाइकाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफ्नो एक पुरानो फोटो पोस्ट गरेकी छन् । जसमा उनले लेखेकी छन्, ‘मलाई फिर्ता लैजाऊ’ । उक्त भनाइले मलाइकाको फ्यानको ध्यान तानिएको छ । मलाइकाको उक्त पोस्टमा अर्जुनले थोरै कमेन्ट गरेका छन् । उनले यतिमात्र लेखेका छन्, ‘उम’ । यसको मतलव मलाइकाको अनुरोधलाई उनले स्वीकारेका छन् ।
मलाइकापछि अर्जुनले पनि एक फोटो पोस्ट गरे । उनले फोटोसँगै क्याप्सनमा लेखेका छन्, ‘तयारी भएर बस्नु ।’ भारतीय मिडियाले जनाएअनुसार मलाइका र अर्जुनले पोस्ट गरेको ती फोटो मिलान होली–डेका बेलाको हो । केही वर्षअघि यी जोडी विदा मनाउन मिलान गएका थिए । त्यतिखेर यी जोडीको खुबै चर्चा चलेको थियो । त्योबेला मलाइकाले एक तस्बिर पोस्ट गरेकी थिइन् । जसको ब्याक राउण्डमा ‘लभ’ लेखिएको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्