Logo
Logo

सिटिजन्स बैंकले भूकम्पपीडितका लागि २५ लाख सहयोग गर्ने



काठमाडौं । सटिजन्स बैंकले भुकम्प पिडितको लागि २५ लाख रुपैयाँ दिने भएको छ । सिटिजन्स बैँकले कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा सहयोगस्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वस्थ्यलाभको कामना गरेको छ । भूकम्पबाट प्रभावित सम्पूर्णजनप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकले जनाएको छ ।

सिटिजन्स बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ ।

बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याइसकेको छ । साथसाथै बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्