Logo
Logo

भूकम्पपीडितलाई प्राइम बैंकको २५ लाख ५१ हजार सहयोग



काठमाडौं । कार्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक २५ लाख सहयोग गरेको छ ।

प्राइम कमर्सियल बैंकको तर्फबाट भूकम्पपीडितको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै बैंकले उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्