Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग


65
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कात्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरूको राहतका लागि सामाजिक उत्तरदायित्वअन्तर्गतमा रहेर रु ५० लाख सहयोग गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्