Logo
Logo

ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्ब १४ करोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि. को २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एकापसमा गाभिई गत मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरु भएको थियो । मर्जरपश्चात ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी रु. २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्व ९८ करोड भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्